नियम २८
˚िर्ती रसिद सम्बन्धमा

(१) प्रेषकले हुलाक महसुल र रजिष्ट्री दस्तुरमा थप फिर्ती रसिदको शुल्क समेतको टिकट टाँसी महानिर्देशकले निर्धारित गरेको फाराममा ठेगानावाला तथा प्रेषकको नाम तथा ठेगाना लेखी दाखिला गर्नु पर्छ । हुलाक वस्तुहरू बुझिसकेपछि सो बुझेको भन्ने ठेगानावालाको सहीछाप गराई सो रसीद प्रेषकलाई फिर्ता गरिनेछ । सो फिर्ती रसीद सम्बन्धित वस्तुबाट नखस्नेगरी नत्थी हुनु पर्छ र फिर्ती रसीद रहेको हुलाक वस्तुको अगाडिको भागको माथिल्लो भागमा रजिष्ट्री “फि. र.” भन्ने शब्दहरू लेखिएको हुनु पर्छ ।
(२) रजिष्ट्री वस्तुको प्रेषकले रजिष्ट्री वस्तु पाएको नपाएको भन्ने बारेमा ठेगानावालाको सहिछाप गरेको रसीद प्राप्त गर्नु पर्ने भएमा हुलाक वस्तु रजिष्ट्री भएको महिनाले ६ महिनाभित्र सोधनी दस्तुरको टिकट टा“सी निवेदन गरेमा ठेगानावालाले सो वस्तु बुझेको मिति र सहीछाप समेत भएको भरपाई सम्बन्धित हुलाकले प्रेषकलाई उपलब्ध गराउनेछ ।
(३) फिर्ती रसीद साथै रहनुपर्ने भनी यी नियमहरूमा तोकिदिएको हुलाकवस्तुमा˚र्ती रसीद सहित प्राप्त नभएमा सो वस्तु रजिष्ट्रेशन गरिने छैन ।